गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो […]

थप पढ्नुहोस

सडक दुर्घटनामा दुर्गापुरका एक युवाको मृत्यु

विर्तामोड / झापाको विर्तामोड नगरपालिकास्थित महेन्द्र राजमार्गमा सोमबार बेलुका भएको सडक दुर्घटनामा परि एक जना युवाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । नाम बतन नखुलेका मोटरसाइकलको पछाडी बस्ने अन्दाजी ३०/३५ वर्षका एक युवाको विएण्डसी हस्पिटलमा आइसियूमा राखेर उपचार भइरहेको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक कन्काई नगरपालिका–१ दुर्गापुरका ३३ वर्षीय […]

थप पढ्नुहोस

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामग्री ब्लक गरिने

काठमाडौं / सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै […]

थप पढ्नुहोस

खुर्सिद हत्याकान्ड : ‘पूर्व पश्चिम दुई तिरबाट गोलि प्रहार भो’ सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति माग

सुनसरी /  रैयान पब्लिक स्कुलको सञ्चालक तथा प्रिन्सिपल रहेका खुर्सिदले बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक सकेर स्थानीय अक्बर सिद्धिकीको पसलमा चिया खान गएका थिए । सँगै चिया खाएका आफन्त अमिन अन्सारीलाई घरसम्म मोटरसाइकलमा पुर्याइदिन आग्रह गरेपछि दुबैजना हिँडेका थिए । मोटरसाइकलमा मूल सडकबाट नगई छोटो दूरीको अर्कै बाटोबाट उनी आफ्नो विद्यालय नजिक भारत बोर्डरसम्म जाने […]

थप पढ्नुहोस

झापाको गौरीगञ्जमा कपडा व्यवसायीको हत्या

गौरीगञ्ज / झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । ‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म आफैं पनि अहिले गौरीगञ्ज आइपुगेको छु’, झापाका प्रहरी […]

थप पढ्नुहोस

होटलमा काम गर्ने सहकर्मीलाई करणी गरेको आरोपमा एक युवा पक्राउ

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोवाटोको एक होटलमा काम गर्ने युवाले सोही होटलमा काम गर्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार चारदोबाटोस्थित जितबहादुर चौधरीले सञ्चालन गरेको जय महाकाली स्वीट एण्ड चाट हाउसमा काम गर्ने रामेछाप जिल्ला बेथान–२ घर भएका वर्ष २५ […]

थप पढ्नुहोस

१० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं / ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए । प्रहरी परिसर, ललितपुरका […]

थप पढ्नुहोस

कञ्चनपुरमा पुरुषको वेवारिसे शव फेला

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राधा नदी किनारमा एक पुरुषको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिकाको सीमाप्रवेश गर्ने स्थान राधी नदीको किनारका करिब ४०–४५ वर्षका पुरुषको शव फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको राधा नदी किनारमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव भेटिएकोबारे प्रहरीलाई आज बिहान साढे १० बजेमात्रै […]

थप पढ्नुहोस

बलात्कार आरोपमा कञ्चनपुरमा थप एक जना पक्राउ

कञ्चनपुर /  सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि भाद्र १४ बिहीबार राति सामुहिक बलात्कार भएको थियो । पिडित पक्षले दिएको किटानिको आधारमा बेल्डाँडी गाउँपालिका वडा नंं. १ का २२ वर्षीय जनक खडकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १५ गते मानबहादुर बिष्टलाई पक्राउ […]

थप पढ्नुहोस