गुरुकुल वेद विद्याश्रम भद्रपुरको दलित विधार्थी भर्ना सम्बन्धि बिबाद सुल्झियो

भद्रपुर / श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरले दलित विधार्थी विकास कार्कीढोलीलाई भर्ना लिने भएको छ । गुरुकुलको शनिवार आयोजित विशेष साधारण सभामा सहभागी २ सय ५३ सदस्यले विधार्थी भर्ना गर्ने निर्णय गरेको सो संस्कृत विधालयका अध्यक्ष राजेन्द्र चापागाईले जानकारी दिए । उनीहरुले विधार्थी भर्ना रोक्नुलाई जातीय विभेद गरेको नबुझ्न आग्रह समेत गरेका छन् […]

थप पढ्नुहोस

‘गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कञ्चनगढ धाम साधुकुटी’ बारदशीको ऐतिहासिक पृष्ठभूमि र परिचय

गोपिन पोखरेल- ऐतिहासिक पृष्ठभूमी– द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ति छ । यो स्थानको अन्य ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ । प्राचिन कालमा यो ठाँउमा सलेश राजाको दरवार थियो । सलेश राजाकी एउटी छोरी थिइन । छोरीको नाम कञ्चनकुमारी राखेको थियो । कञ्चनकुमारी बत्तीस […]

थप पढ्नुहोस

बैदिक सनातन धर्मको विचलन रोक्न धर्मान्तरण निस्तेज आवश्यक

विर्तामोड / झापाको विर्तामोडमा आयोजित गुरु पुरोहितहरुको एक भेलाले बैदिक सनातन धर्ममा आएको विचलन र जबरजस्ती भइरहेको धर्मान्तरण निस्तेज पार्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको सभाहलमा सम्पन्न भेलाले बैदिक सनातन धर्मममा देखिएको विचलनलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिंदै त्यसका कारण गुरु–पुरोहितहरु एक हुन जरुरी रहेकोमा जोड दिएका थिए । आचार्य […]

थप पढ्नुहोस

हल्दिबारीका जेष्ठ नागरिकलाई सम्मान

हल्दिवारी / हल्दिवारी गाउँपालिकाले गाँउपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक धार्मिक स्थल भ्रमण तथा सम्मान कार्यक्रम समिति हल्दिवारीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका वडा नम्बर–४ को सभाहलमा सम्पन्न कार्यक्रममा वडा नम्बर–१ बाट ११ जना सहित प्रत्येक वडाबाट १०÷१० जना गरी ५१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा […]

थप पढ्नुहोस

‘कुनै पनि जातीको भाषा संस्कृति जोगाउन बन्दुक पड्काई रहनु पर्दैन पहिचान संरक्षण गरे हुन्छ’–सांसद् लिङ्देन

गोपिन पोखरेल– हल्दिबारी झापा/ झापा क्षेत्र नं ३ प्रतिनिधीसभाका सांसद् राजेन्द्र लिङ्देनले भने ‘अबका दिनमा बन्दुक पड्काएर कुनै जातीलाई समाप्त गर्नु पर्दैन उसको भाषा र पहिचान समाप्त गरिदियो भने काफी हुन्छ ।’ हल्दिबारी गाँउपालिका २ मा आज आयोजित बृहत एक दिवशीय आदिवासी जनजाती सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै सांसद् लिङ्देनले भने ‘कुनै पनि देश, कुनै पनि […]

थप पढ्नुहोस

‘शिक्षामा जोड नदिएसम्म आदिवासी जनजातीको उत्थान असम्भव’–सांसद् लिङ्देन

गोपिन पोखरेल- हल्दिबारी झापा / झापा क्षेत्र नं ३ प्रतिनिधिसभाका सांसद् राजेन्द्र लिङ्देनले पछाडी परेको लोपोन्मुख आदिवासी जनजातीको उत्थानका लागि शिक्षामा जोड नदिएसम्म समाज परिवर्तन हुन नसक्ने बताएका छन् । झापाको हल्दिबारी २ मा आज आयोजित बृहत एक दिवशीय आदिवासी जनजाती सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै सांसद् लिङ्देनले सो कुरा बताएका हुन् । ‘लोपोन्मुख पछाडी पारिएको आदिवासी […]

थप पढ्नुहोस

के हो हिन्दू धर्म, कुन ग्रन्थमा के लेखिएको छ ?

अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मग्रन्थ पढ्ने फुर्सद छैन । वेद, उपनिषद त टाढाको कुरा उनीहरू गीतासम्म पनि पढ्दैनन् जब कि सरसर्ती पढ्ने हो भने यसलाई एक डेढ घन्टामै पढिसकिन्छ । जब कि कतिपय अवस्थामा मानिसहरू सात सात दिनसम्म भागवत पुराण सुन्न, रामचरितमानस तथा रामायण अखण्ड पाठ गर्न वा नवाह लगाउन समेत फुर्सद निकाल्छन् अथवा घरमा सत्यनारायण […]

थप पढ्नुहोस

तराईमा ‘जुडशीतल पर्व’ मनाइँदै

विराटनगर / तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो । सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर […]

थप पढ्नुहोस

चोरी भएर अमेरीका पुगेका मुर्ती नेपाल फर्काइए

बीबीसी -चोरी भएर अमेरिका पुगेका उमामहेश्वर र बुद्धका दुई प्राचीन मूर्तिहरू बुधवार नेपाल फिर्ता ल्याइएका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका ती प्रस्तर मूर्तिहरू नेपालबाट अवैध रूपमा लगिएको भन्ने प्रमाणित भएपछि नेपाल फर्काइएको हो। ललितपुरको टङ्गलहिटीबाट सन् १९८० मा हराएको बसेको उमामहेश्वरको मू्र्ति र काठमान्डूको यट्खाबाट सन् १९८६ मा हराएको स्थानक बुद्धको मूर्ति […]

थप पढ्नुहोस

जेसीजको आयोजनामा मधेशी र पहाडीले एकैठाउँ मनाए होली 

बिर्तामोड / बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा होली मनाएका छन् । उनीहरुले कार्यक्रमबाट आफूहरुले होलीको रंगसँगै आपसी सद्भाव, भाइचारा र बन्धुत्व भावना बृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त गरेको बताए । वीरता जेसीज र वीरता लेडी जेसीजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए । वीरता जेसीजका अध्यक्ष […]

थप पढ्नुहोस